लमजुङमा डेंगुको संक्रमण बढ्दै

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ। गत वर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन्। गत वर्ष आठजना संक्रमित देखिएकोमा पछिल्लो दुई महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा चारजनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा नौजना र एकजना सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।

जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार तीन सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा नौजनामा डेंगु देखिएको हो । डेंगुबाट बेँसीसहर नगरपालिकाका चारजना, राईनास र सुन्दरबजार नगरपालिकाका दुई–दुईजना साथै दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका एक–एकजनामा डेंगु संक्रमण देखिएको छ ।

यसमा सात महिना, एक वर्ष र पाँच वर्षकादेखि ६० वर्षसम्मका छन् । पाँच पुरुष र पाँच महिलामा यस वर्ष डेंगु संक्रमण देखिएको उनले बताए ।
 

See More On

सुझावित समाचार