हाइकिङका सौखिन राजु

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

गायक राजु लामाका बादलपारिको देशबाट, हल्ला चलेछ, पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासालगायत दर्जनौँ गीत लोकप्रिय छन् । उनले नेपाली, तिब्बती र तामाङ भाषामा समेत गीत गाइसकेका छन् ।

२५ वर्षभन्दा लामो समयदेखि गायनमा सक्रिय लामाको अर्को विशेषता सधैँ उस्तै फिट र हँसिलो देखिनु हो । ‘म अत्यधिक हाइकिङ गर्छु । नेपाल र न्युयोर्क हुँदा पनि हिँडिरहेको हुन्छु । काठमाडौंबाट नजिकका शिवपुरी डाँडा, नागार्जुन डाँडा, सुन्दरीजलपारि, चन्द्रागिरि, चित्लाङ, फुलचोकी, नगरकोट, साँखु, नमोबुद्धलगायत ठाउँमा म हाइकिङ गइरहन्छु,’ उनी भन्छन्, ‘साथी भेटेमा साथीसँगै र कहिलेकाहीँ एक्लै पनि हिँड्छु । हाइकिङकै क्रममा एकान्त ठाउँ खोजेर घन्टौँ ध्यान पनि गर्छु । यसले मन स्थिर र शान्त बनाउँछ । शारीरिक र मानसिक फिटनेसका लागि योगा राम्रो माध्यम हो ।’ 

लामा प्रकृतिप्रेमी हुन् । उनको अर्को विशेषता हँसिलो अनुहार हो । ‘कतिपयले मलाई डिम्पल ब्वाई पनि भन्छन् । यो हाँसो गडगिफ्टेड नै हो,’ उनी भन्छन्, ‘म आफू र अरूलाई निराश बनाउँदिनँ । सकेसम्म हँसाउँछु । हिँड्दा गीत गुनगुनाउँछु ।

See More On

सुझावित समाचार