लमजुङ प्रहरीले नगदसहित पाँचजना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले बेँसीसहर नगरपालिका- ७ शान्तिटोलस्थित खजिन्द्रबहादुर गुरुङको घरमा आइतबार दिउँसो ४ बजेको समयमा हारजितको बाजी राखी जुवा खेल्दै गरेको अवस्थामा घरधनी गुरुङसहित ५ जनालाई पक्राउ गरेको हो।
लमजुङका प्रहरीका अनुसार प्रहरीले उनीहरूको साथबाट नगद १६ हजार ६ सय ४० रुपैयाँसहित तास पत्ती १५६ र क्यारेमबोटको गोटी ७१६ थान बरामद गरेको छ। पक्राउ परेका ५ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय लमजुङबाट १० दिन म्याद थप अनुमति लिई जुवासम्बन्धी कसुुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।