\'एकै सिटमा दलहरूको दुई–तीनपक्षीय दाबी छ, निष्कर्षमा पुग्न सकिएको छैन\'

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। सोमबार बसेको बैठकपछि प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एकै सिटमा दलहरूको दुई–तीनपक्षीय दाबी रहेका कारण निष्कर्षमा पुग्न नसकिएको बताएका छन्। बैठक बिहान १० बजेदेखि १२ बजेसम्म पहिलो र लन्चपछि २ बजेदेखि साढे ५ बजेसम्म चलेको थियो।

‘बैठकको अवस्था सकारात्मक छ। छलफल दुईपक्षीय त्रिपक्षीय र सामूहिक रूपमा प्रारम्भ भएको छ। निर्णय गरिहालेको अवस्था छैन। तर, सहमतिपूर्ण तरिकाले निर्णयको नजिक पुग्ने गरी छलफल भइरहेको छ। अहिलेको आवश्यकताअनुसार  सबैले लचिलो हुनुको विकल्प छैन,' उनले भने, 'दलहरूको आ–आफ्नो अडान छ। एकै सिटमा दुई तीनपक्षीय दाबी छ।'

सुझावित समाचार