चना–अन्डा मीठो लाग्छ

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण
चना–अन्डा मीठो लाग्छ

प्रतिभा माली, राष्ट्रिय भलिबल खेलाडी

म खानामा ‘चुुजी’ छैन । मलाई सबै खानेकुुरा मीठो लाग्छ । बिहान कलेज पढेर फर्किएपछि दालभात नै खान्छु । मलाई खाना पकाउन अल्छी लाग्दैन । फुर्सदको समयमा आफैँ पकाउँछु । चना प्रायः आफैँ पकाएर खान्छु ।

चना बोइल गरेर तारेपछि थोरै घिउमा भुटेर खाँदा औधी मीठो हुन्छ । साँझपख दैनिक रूपमा चना र अन्डा खान्छु । म चनासँग तीनवटासम्म अन्डा खान्छु । मेरा लागि आमाले घरमा कुखुरा पनि पाल्नुभएको छ । सिजनअनुसार फलफूल खाइरहेकी हुन्छु । खेलाडी भएकाले डाइटमा ध्यान दिनैपर्ने हुन्छ । 

खाना खाने मेरो निश्चित समय तालिका छैन । गेम खेल्ने समय अलि धेरै खाइन्छ । गेम नखेल्दा अलि कम खाइन्छ । एक्सरसाइज गर्ने वेलामा अलि धेरै खान्छु । पहिले जंकफुड धेरै खान्थेँ । अहिले जंकफुड खान्नँ । खानेकुरा हाम्रो शरीरका लागि निकै महत्वपूूर्ण छ । शारीरिक व्यायाम पनि महत्वपूर्ण छ । 

सुझावित समाचार