चितुवासँग यमबहादुरको १० मिनेट भिडन्त : चितुवा मर्‍यो, यमबहादुर घाइते

आइतबार, २६ भदौ, २०७९
डिजिटल संस्करण

गुल्मीमा चितुवासँग लडाइँ हुँदा एक व्यक्ति घाइते भएका छन्। उक्त मुडभेडमा चितुवा मरेको हो। 

रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार बिहान कुखुराको फर्ममा जाँदा एक्कासि चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिब १० मिनेट लडाइँ भएको भाइ लेखराज कुँवरले जानकारी दिए।

चितुवा मृत अवस्थामा फेला परेको छ। कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। उनको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ। डिभिजन वन कार्यालय प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थल मुचुल्काको काम र घाइते कुँवरको उपचार भइरहेको बताए। कुँवरको कुखुरा फर्ममा पसेको चितुवाले एक्कासि आक्रमण गरेपछि प्रतिरक्षाको क्रममा चितुवा मरेको उनले बताए।

‘घर र फर्ममा आएको चितुवाको प्रतिरक्षा सबैले गर्नुपर्छ। मान्छे घाइते र चितुवा मरेको छ,’ उनले भने, ‘घाइते कुँवरको उपचारको सहजीकरण र मृत चितुवाको व्यवस्थापनको काम गरिरहेका छौँ।’

See More On

सुझावित समाचार