कांग्रेस मधेस प्रदेश समितिले केन्द्रमा पठायो आलमसहित सिफारिस सूची

आइतबार, २६ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको मधेस प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेश सभामा सिफारिस अन्य उम्मेदवारसहित अफताब आलमको नाम पनि केन्द्रमा सिफारिस गरेको छ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनी सर्वसम्मत सिफारिस भएका थिए। क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको आलमको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेस प्रदेशका प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले बताए।

प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीतादेवी यादवको नाम पनि सिफारिस गर्ने भएको छ। सर्लाही क्षेत्रीय समितिले सिफारिस गरे पनि जिल्ला समितिले यादवको नाम काटेर पठाएको थियो। यस्तै, सर्लाही– ४ बाट सिफारिसमा नपरेका अमरेशकुमार सिंहले दिएको निवेदनलाई रायसहित केन्द्रमा नाम पठाउन लागिएको गुप्ताले जानकारी दिए।

सुझावित समाचार