प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनमा दुःख व्यक्त

शनिबार, २५ भदौ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावास पुगेर उनले दुःख व्यक्त गरेका हुन्।

सो क्रममा प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखे। महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको हो।

सुझावित समाचार