दार्चुलाको नौगाडमा पहिरोमा परेर दुईको मृत्यु, पाँच घाइते

शनिबार, २५ भदौ, २०७९
डिजिटल संस्करण

गएराती पहिरोका कारण नौगाड गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया चिमडी ठगुन्ना र १३ वर्षीया मती ठगुन्नाको पहिरोमा परेर मृत्यु भएको हो ।

घरमाथिबाट आएको पहिरोमा परि दुवै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह ठगुन्नाले जानकारी दिए । 

पाँच घाइते

यस्तै पहिरोमा परेर पाँच जना घाइते भएका छन् ।  घाइते हुनेमा बीरा ठगुन्ना, फागुनी ठगुन्ना, रम्भा ठगुन्ना, महामती ठगुन्ना र पावर्ती ठगुन्ना रहेकाे स्थानीयले जानकारी दिए ।  

See More On

सुझावित समाचार