रामेछापमा बाबु–छोराबीच खुकुरी हानाहान

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

रामेछाप नगरपालिका– ६ ओख्रेनीमा बिहीबार राति बाबु र छोराबीच खुकुरी हानाहान भएको छ। मादक पदार्थ सेवन गरेर घरायसी विवाद निकालेपछि सोही विवाद बढ्दै जाँदा बाबु–छोराबीच खुकुरी हानाहान भएको हो। 

मादक पदार्थ सेवन गरेका ४५ वर्षीय बाबु केशर विकले उनका १६ वर्षीय छोरा विनोद विकलाई खुकुरी हानेका थिए। बाबुले विनाकारण विवाद निकालेर खुकुरी हानेपछि छोरा विनोदले पनि बाबुलाई खुकुरी हानेका थिए।

खुकुरी प्रहारबाट दुवैजना घाइते भएका छन्। दुवैजना जिल्ला अस्पतालमा उपचार गरेर घर फर्किएका छन्। खुकुरी प्रहारबाट बाबु केशरको नाकमा र छोरा विनोदको पेटमा चोट लागेको प्रहरी चौकी रामेछाप डाँडाले जनाएको छ। 

सुझावित समाचार