ठूलीभेरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

ठूलीभेरी नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ।  शुक्रबार नगर प्रमुख सुवर्ण बुढाले भवनको शिलान्यास गरेका हुन्। आठ रोपनी क्षेत्रफलमा बन्न लागेको भवनको कुल लागत १४ करोड ४२ लाख ८८ हजार एक सय २६ रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।

नगर केन्द्रमै बन्न लागेको उक्त भवन निर्माणको जिम्मा मिसन लियोपार्ट जेभीले पाएको छ। भवन निर्माणकार्य ३० महिनाभित्र गरिसक्नुपर्नेछ। आफ्नै भवन नहुँदा नगरपालिकाले अहिले पनि भाडाको घरबाट सेवा दिइरहेको छ।

सुझावित समाचार