आइब्रो आकर्षक यसरी बनाउने

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

आइब्रो महिलाहरूको मेकअपका लागि निकै महत्वपूर्ण छ । यसले सुन्दरतामा ठूलो प्रभाव राख्छ ।

तपाईंको आइब्रोले बनाएको सेपका अधारमा आइब्रो कोर्दा राम्रो देखिन्छ । कुनै पार्टी वा समारोहमा जानका लागि वा नर्मल ठाउँमा जाँदै हुनुहुन्छ । त्यहीअनुसार आइब्रो कोर्नुपर्छ । तपाईंले आइब्रोलाई एंगल ब्रसको सहायताले कोर्न सक्नुहुन्छ । 

तपाईंले हरेक दिन आफ्नो आइब्रो कोर्दै हुनुहुन्छ भने हल्का फिलअप गरेर नेचुरल खालको आइब्रो कोरेर हिँड्न सकिन्छ । नेचुरल खालको आइब्रो कोर्न पनि सकिन्छ । आइब्रो कति डार्क र लाइट कोर्ने भन्ने कुरामा पनि भर पर्छ । विशेष गरी तपाईंको अनुहारको मेकअपअनुसार पनि आइब्रो कोर्नुपर्छ । 

पार्टीमा जानका लागि फेस मेकअप गर्नुभएको छ भने डार्क सेट प्रयोग गर्नुपर्छ । ब्राइडल मेकअप गर्दै हुनुहुन्छ भने हेभी मेकअप आवश्यक पर्छ । त्यसैले डार्क आवश्यक पर्छ । 

तपाईंले आफ्नो आइब्रोमा कस्तो खालको सेट लगाउने ? हामीले आइब्रोमा कालो सेट प्रयोग गर्नुहुँदैन । तपाईंले आफ्नो कपालको कलरअनुसार वा डार्क ब्राउन सेट प्रयोग गर्दा राम्रो हुन्छ । यस्तो सेटले आइब्रोलाई अर्टिफिसियल देखाउँदैन । 

सबैको फेसअनुसार फरक–फरक आइब्रोको सेप हुन्छ । राउन्ड सेप, हाई आर्क सेप, स्टेडलगायत विभिन्न सेपको आइब्रो हुन्छ । आफ्नो आइब्रो जस्तो छ, त्यस्तै सेपमा आइब्रो कोर्न सक्नुहुन्छ ।  धरै डार्क आइब्रो गर्नु पनि हुँदैन । 

रङपछि आइब्रोमा ट्याटु भर्ने चलन आयो ।  अहिले माइक्रोब्लेडिङ गर्ने चलन छ । यो ट्याटुजस्तै हो, तर ट्याटु नै चाहिँ होइन । ट्याटु हालेपछि त्यो जीवनभर रहन्छ । मेकअपविना बस्दा साह्रै कालो देखिन्छ । तर, माइक्रो ब्लेडिङले प्राकृतिक देखाउँछ ।

See More On

सुझावित समाचार