प्रत्यक्षको उम्मेदवारी मनोनयन २३ असोजमा

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा दर्ता गरिने भएको छ। आयोगले आज प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसअघि आयोगले तयार गरेको आन्तरिक कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। 

स्वीकृत कार्यक्रमअनुसार २३ असोजमा उम्मेदवारी दर्ता, २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी आह्वान २५ असोजमा उजुरी छानबिन र र असोज २६ गते उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिनेछ।

२३ असोज – उम्मेदवारी दर्ता
२४ असोज – उम्मेदवारीविरुद्ध उजुरी आह्वान 
२५ असोज – उजुरी छानबिन
२६ असोज – उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चिह्न वितरण

सुझावित समाचार