फेसन टिप्स
बजारमा धेरै सस्तो खालको नङपालिस पनि पाइन्छ । धेरै पुराना सामान सेलमा राखेको हुन सक्छ । यस्ता सामानको प्रयोग हामीले नगर्दा राम्रो हुन्छ ।
सस्तो सामान कमसल पनि हुन सक्छ । त्यसैले कुनै ब्रान्डको हेरेर किन्न सकिन्छ । राम्रो हेरेर किन्दा नङको हेल्थलाई पनि राम्रो हुन्छ ।
हामीले पालिसको प्रयोग गरिसकेपछि बिर्को लगाएनौँ भने पालिस जम्ने हुन्छ । एकपटक प्रयोग गरिसकेपछि त्यसलाई राम्रोसँग बन्द गरेर राख्नुपर्ने हुन्छ । सीधै घाम आउने, धेरै हिट आउने ठाउँमा राख्नुहुँदैन ।
एकपटक हामीले खरिद गरेको पालिसमा एक वर्षदेखि तीन वर्षसम्मको म्याद हुन्छ । कुनै–कुनै ६ महिनाको पनि हुन्छ । एकपटक किनेको पालिस हामीले तीन–चार महिनामा चेन्ज गर्दा राम्रो हुन्छ ।
विशेष गरी चाडबाडको यो सिजनमा रातो खालको नङपालिसको प्रयोग गर्ने धेरै हुन्छन् । स्किन टाइपको सबैखाले ड्रेसमा म्याच हुन्छ । कसैलाई अलिकति टल्किने मन पर्छ भने ग्रिडर पालिसको प्रयोग गर्न सकिन्छ ।
रातो पालिस र ग्रिडर पालिस म्याच गरेर पनि लगाउन सकिन्छ । ड्रार्क कलरको स्किनमा हल्का न्युड टोन ज्यादा सुहाउँछ, यसले हात उज्यालो देखिन्छ । गोरो कलरको स्किनमा सबैखाले पोलिस लगाउँदा हुन्छ ।