नेपालको पहिलो मौद्रिक नीति

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

नेपालमा मौद्रिक नीतिको इतिहास दुई दशकभन्दा लामो छैन । पहिलोपटक आर्थिक वर्ष ०५९/६० को मौद्रिक नीति राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावलले ल्याएका थिए । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९४ बमोजिम पहिलोपटक मौद्रिक नीति सार्वजनिक गरिएको थियो । गभर्नर रावलले पहिलोपटक मौद्रिक नीति ल्याउँदा नेपालको अर्थव्यवस्था माओवादी द्वन्द्वले तहसनहस थियो । त्यसवेला ४ प्रतिशतको आर्थिक वृद्धिदर र शोधनान्तर बचत ३.५ देखि ४.० अर्बमा पुर्याउने लक्ष्य राखिएको थियो ।

सुझावित समाचार