स्विमिङका ५ फाइदा

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

स्विमिङले गर्मीबाट छुटकारा दिने मात्र होइन, तपाईंको सम्पूर्ण शरीरलाई तन्दुरुस्त पनि बनाउँछ । त्यहीकारण, यसलाई एक्सरसाइजको पर्फेक्ट माध्यमका रूपमा लिइन्छ । 

१. यो त्यस्तो एरोबिक वर्कआउट हो, जुन शरीरका कुनै पनि अंगको क्षतिविना नै गर्न सकिन्छ । वृद्धदेखि कम उमेरका मानिसले पनि सजिलै स्विमिङ गरेर फाइदा लिन सक्छन् ।

२. स्विमिङ गर्दा धेरै शक्ति खर्चिनुपर्छ । जसले मांसपेशीमा तागत अझ बढ्छ । पानी आफैँमा एउटा शक्ति हो । यसमा तैरिँदा मांसपेशीका धेरै समूह सक्रिय हुन्छन् ।

३. अनुसन्धानअनुसार स्विमिङले बोन मिनरल डेन्सिटी (बिएमडी) र फेमोरल बोन दुवैलाई नियन्त्रण गर्छ । यसो हुँदा शरीरका हड्डी वृद्धि हुन सहयोग पुग्छ र मजबुत पनि हुन्छन् ।

४. स्विमिङले शरीरलाई लचकदार बनाउँछ । हृदयलाई फाइदा गर्छ । धमनीलाई सशक्त बनाउँछ । मुटुलगायत शरीरका संवेदनशील भाग सुन्निएको अवस्थामा पनि नियमित स्विमिङ गरे ठीक हुँदै जान्छ । 

५. स्विमिङबाट शरीरको क्यालोरी खर्च हुने भएकाले तपाईंलाई फिट रहन सहयोग गर्छ । त्यस्तै, यसले मानसिक रूपमा पनि तपाईंलाई मजबुत र स्वस्थ बनाउँछ । 

See More On

सुझावित समाचार