सुपर लघुवित्त समस्याग्रस्त घोषणा, सञ्चालकहरूबाटै कर्जाको दुरुपयोग

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको बैंकले जानकारी दिएको छ ।

०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणमा यस्तो देखिएको हो । प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा यो वित्तीय संस्थालाई ०७८  चैत २ मा समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो ।

संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ।

सुझावित समाचार