लागुऔषधसहित उपत्यकाबाट १५ जना पक्राउ

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई मंगलबार सार्वजनिक गरेको हो।

विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदका लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ। भदौ १६ देखि २० गतेको पाँच दिनभित्र ब्युरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय ८७ ग्राम,  ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरी दुई सय ५२ एम्पुल तथा गाँजा दुई किलोसहित १५ जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताए। खनालका अनुसार उक्त परिमाणको प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार चार सय रहेको छ।

अवैध लागुऔषधसहित कारोबारमा संलग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिष महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेकाे प्रहरीले जनाएको छ।

सुझावित समाचार