नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीनजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौं महानगरपालिका– ३२ का सुमनकुमार श्रेष्ठ र वीरगन्ज महानगरपालिका– ४ का राहुलकुमार जयसवालविरुद्ध रु. १० करोड ९३ लाख दुई हजार ६ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ।

विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रूपमा जानकारी दिएको हो। विभागले मूल्य अभिवृद्धि करतर्फ रु. एक करोड ७१ लाख ३२ हजार एक सय ७०, आयकरतर्फ रु. तीन करोड ७५ लाख १९ हजार एक सय ६८ गरी रु. पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ बराबरको बिगो गरेको पाइएको छ।

विभागले बिगोको दोब्बरबराबरको सजायको माग दाबी गरेको हो। त्यसअनुसार आरोपितमाथि रु. १० करोड ९३ लाख दुई हजार ६ सय ७६ बराबरको सजायको माग गरेको छ।

सुझावित समाचार