प्रतिनिधिसभाका लागि बाग्लुङ– १ मा कांग्रेसका १९ जना सिफारिस

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ नौजनाको नाम सिफारिस गरिएको छ।

प्रत्यक्षतर्फ निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल, वर्तमान केन्द्रीय सदस्य चम्पादेवी खड्का, महाधिवेशन प्रतिनिधिहरू चिरञ्जीवी गौतम, जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, निवर्तमान जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, पूर्वपार्टी सभापति एवं संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि भीम श्रीस, गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा र महिला नेतृ लक्ष्मी जिसी कार्कीको नाम सिफारिस गरिएको छ।

त्यस्तै, समानुपातिकमा महिला नेतृ खगेश्वरी शर्मा, पूर्वसांसद टंकप्रसाद शर्मा कँडेल, धर्मबहादुर क्षेत्री, पूर्णबहादुर पौडेल, महाधिवेशन प्रतिनिधि प्रेमबहादुर छन्त्याल, भीम श्रीस, निवर्तमान केन्द्रीय सदस्य रत्ना शेरचन,  डा. रामबहादुर केसी र पूर्वपार्टी सभापति हरिप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए। युवा नेता भीम श्रीसले भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फ आफ्नो उम्मेदवारी दाबी गरेका छन्।

सुझावित समाचार