सामसङ स्मार्ट प्लाजाको नयाँ शाखा खुसिबुमा

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

हिम इलेक्ट्रोनिक्सले काठमाडौंको नयाँबजार खुसिबुमा नयाँ सामसङ स्मार्ट प्लाजाको शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन सामसङ साउथवेस्ट एसिया नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका छन् । 

नेपालमा सामसङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको सोरुमलाई पनि अपग्रेड गरेको छ । उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले उपत्यकाबाहिर पाँचवटा सामसङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र ६ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् ।

निर्देशक गोल्छाले हिम इलेक्ट्रोनिक्सले सामसङ स्मार्ट प्लाजाहरूमार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकलाई प्रदान गर्दै आइरहेको र भविष्यमा आउटलेटहरू विस्तार गर्दै ग्राहकलाई सामसङका गुणस्तरीय सामग्री उपलब्ध गराउने जानकारी गराइन् ।

सामसङ स्मार्ट प्लाजाले सामसङ होम अप्लायन्सेसदेखि सामसङ मोबाइल फोनसम्मका सामग्रीहरू बिक्री गर्छ । कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामग्री उपलब्ध गराउनुका साथै विश्वस्तरमा प्रख्यात सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

सुझावित समाचार