सबै दलको साझा उम्मेदवारको रूपमा गोरखाबाट चुनाव लड्न चाहन्छु : भट्टराई

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रमुख राजनीतिक दलको साझा उम्मेदवार भई गोरखा २ बाट नै चुनाव लड्न चाहेको बताएका छन्। गृहजिल्लामा पत्रकारहरूसँगको भेटमा उनले गोरखा २ बाट नै सबै प्रमुख दलको साझा उम्मेदवारको रूपमा चुनाव लड्ने बताए। 

आगामी निर्वाचनमा सबै दलको साझा उम्मेदवारको रूपमा निर्वाचनमा उठ्ने बताउँदै उनले भने, ‘मेरो कुनै दल विशेषको नेता तथा उम्मेदवारीको रूपमा भन्दा पनि गोरखाकै विशेषताले हेर्दा मचाहिँ अब आफूलाई एउटा साझा रूपमा प्रस्तुत गरेर जानु नै उपयुक्त हुन्छ। म यसपटक सबै प्रमुख दलहरूको साझा उम्मेदवारकै रूपमा अगाडि बढ्न चाहिरहेको छु।’ 

नेपाली कांग्रेस, माआवादी केन्द्रका साथसाथै यसबाहेकका अन्य राजनीतिक दलहरूले पनि एकपटक सबैको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नसमेत उनले सबैलाई आग्रह गरे। 

सुझावित समाचार