भारतले अतिक्रमण गरेको कालापानी फिर्ता हुन्छ : महासचिव पोखरेल

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको सरकारले भारतद्वारा अतिक्रमित भूमि कालापानी फिर्ता हुने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

उनले भने, ‘भारतले वर्षौँदेखि अतिक्रमण गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर एमालेकै सरकारले नक्सा जारी गर्याे । भूमि फिर्ता पनि एमालेको सरकारले मात्रै सक्छ । राष्ट्रियता जोगाउन र देशको समृद्धिका लागि एमालेको सरकार चाहिन्छ।’

‘अतिक्रमित भूमि समेटेर केपी ओली प्रधानमन्त्री हुँदा संविधानको अंगको रूपमा नक्सा जारी भयो। नक्सा जारी गरेकै कारण हाम्रो सरकार विस्थापित भएको हो,’ उनले सम्बोधनको क्रममा भने, ‘यो दुनियाँलाई जगजाहेर छ।’ 

सुझावित समाचार