कांग्रेस लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवारका लागि १२ जनाको नाम सिफारिस

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली  कांग्रेस लमजुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा उम्मेदवारका लागि १२ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले प्रत्यक्षतर्फ सातजना  र समानुपातिकतर्फ पाँचजना गरी १२ जनाको नाम सिफारिस गरेको हो।

प्रत्यक्षतर्फ जिल्ला सभापति डा. टकराज गुरुङ,  चन्द्रबहादुर कुँवर, विष्णुप्रसाद धिताल, तुलसीनारायण श्रेष्ठ, तीर्थबहादुर थापा, यमबहादुर गुरुङ र डा. वासुदेव गिरीको नाम सिफारिस भएकाे हाे। यस्तै, समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरुङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस भएकाे छ। 

यस्तै, कांग्रेस लमजुङले दुईवटा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ का उम्मेदवारको नाम पनि सिफारिस गरेको छ। प्रत्यक्षतर्फ प्रदेश ‘क’का लागि चारजना र प्रदेश ‘ख’का लागि सातजनाको नाम सिफारिस गरिएको हो।

सुझावित समाचार