लमजुङको बेँसीसहरमा हरितालिका तिजको अवसरमा १७औँ तिज उत्सव कार्यक्रम २०७९ सम्पन्न भएको छ। बेँसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव २०७९ आयोजना गरेको हो।
क्लबका अध्यक्ष जुन तामाङले हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि तिज उत्सव गरिएको बताए। उनले भने तिज उत्सवले समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला सशक्तीकरणमा सघाउ पुर्याउनेछ। उत्सवको अवसरमा भदौ ९, १० र ११ गते फूलबारी मञ्चमा सातौँ खुला तथा चौथो प्रविनकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष विजयकुमार श्रेष्ठले बताए।