ज्ञानेन्द्रले बनाए ५० रन

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

केन्यासँगको पाँचौँ टी–२० मा ओपनर ब्याटर ज्ञानेन्द्र मल्लले ५० रन पूरा गरेका छन् । पाँच टी–२० म्याचको शृंखलामा नेपाली ब्याटरको यो नै सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । 

यसअघि तेस्रो म्याचमा ज्ञानेन्द्रले ४४ रन बनाए पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेका थिएनन् । आज ज्ञानेन्द्रले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । 

तेस्रो नम्बरमा ब्याटिङ गर्ने गरेका ज्ञानेन्द्रलाई आज कोचले ओपनिङमा पठाएका थिए । यो शृंखलामा ओपनिङ गरिरहेका पवन सर्राफले राम्रो रन बनाउन नसक्दा कोचले ज्ञानेन्द्रलाई ओपनिङ गराएका हुन् । 

ज्ञानेन्द्रले अर्का ओपनर अर्जुन साउदसँग ६५ रनको साझेदारी गरेका थिए । अर्जुन २९ रन बनाएर आउट भए । ज्ञानेन्द्रले ५० रन पूरा गर्नुभन्दा केही अघि नेपालले दोस्रो विकेट गुमायो । दीपेन्द्रसिंह ऐरी १८ रन बनाएर विराज पटेलको बलमा क्याचआउट भए । 
 

सुझावित समाचार