नेपालको सय रन पूरा

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

केन्यासँगको पाँच टी–२० शृंखलाको अन्तिम म्याचमा नेपाल अहिले ब्याटिङ गरिरहेको छ । नेपालले सय रन पूरा गरेको छ । 

नेपालले ११.५ ओभरमा एक विकेटको क्षतिमा सय रन पूरा गरेको हो । क्रिजमा ज्ञानेन्द्र मल्ल ४५ र दीपेन्द्रसिंह ऐरी १६ रन बनाएर खेलिरहेका छन् । 

अर्का ओपनर अर्जुन साउद २९ रन बनाएर आउट भए । अघिल्लो म्याचमा केन्याले दिएको एक सय दुई रनको लक्ष्य भेट्टाउन नसक्दा पराजित भएको नेपालले आज ब्याटिङमा सुधार देखाएको छ ।

सुझावित समाचार