साहित्यकार उत्तमकुमार पोखरेलको शब्दसंयोजन र गायिका पुजन मिश्रको स्वरमा तिजगीत ‘रोएरै बस्छु’ सार्वजनिक भएको छ ।
इरा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको उक्त तिजगीतको संगीत संयोजन र व्यवस्थापन कमल अधिकारीले गरेका हुन् भने मिक्सिङमा सन्तोष पौडेलले भूमिका निर्वाह गरेका छन् ।
सरकारी कर्मचारीसमेत रहेका पोखरेलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त ‘रोएरै बस्छु’ गीतमा तिजमा माइतीको पर्खाइमा रहेकी चेलीको माइती लिन नआएपछिको पीडाभाव व्यक्त गरिएको छ ।