दार्चुलाबाट तीन किलो चरेस बरामद

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

दार्चुलामा प्रहरीले तीन किलो चरेस बरामद गरेको छ। गस्तीमा रहेको प्रहरीले महाकाली नगरपालिका– २ बाट सो परिमाणमा चरेस बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर हिक्मतबहादुर थापाका अनुसार दल्लेख प्रहरी चौकीबाट खटिएको टोलीले चरेस बरामद गरेको हो।

नौगाड गाउँपालिकाको दल्लेखबाट जिल्ला सदरमुकाम खलंगा आइरहेका अपरिचित पुरुषलाई शंका लागेर जाँच गर्न खोज्दा ती पुरुष झोला फालेर भागेका थिए। ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार