३ प्रश्न

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

पार्किङ खाली गराउन महानगरले चलाइरहेको डोजर कहाँसम्म पुग्ला ? 
कानुन मिचेर भौतिक संरचना बनाइएका सबै ठाउँमा हाम्रो डोजर पुग्छ । हामीले पार्किङ क्षेत्रलाई खाली गराएर पार्किङकै काममा प्रयोग गराउँछौँ । यदि कसैले आफूखुसी छाड्नुहुन्छ भने राम्रै भयो । यदि होइन भने हामी डोजर लगाएर त्यसमा बनेका टहरा भत्काउँछौँ । लक्ष्यमा नपुगी बिचमै हाम्रो डोजर रोकिन्न ।  

निजी भवनका अन्डरग्राउन्ड संरचनालाई पार्किङ कायम गराउँदा पार्किङको समस्या समाधान हुन्छ त ? 
सबै समाधान त हुँदैन तर केही हदसम्म भने अवश्य समाधान हुन्छ । यसले सडकको भद्रगोललाई पनि केही खुकुलो पार्नेछ । महानगरको मापदण्डअनुसार उनीहरूले पार्किङको व्यवस्थापन गर्न सक्नुपर्छ । 

पार्किङ वा सडकपेटीमा साना पसल थापेर गुजारा चलाउने सर्वसाधारणको व्यवस्थापन कसरी हुन्छ ? 
उहाँहरूलाई पनि हामीले व्यवस्थापन गर्छौं । तर, त्यसका लागि हामीले पहिले कार्यविधि बनाउँछौँ । साँच्चै गरिखाने कति हुनुहुन्छ भनेर निक्र्योल हुन्छ अनि मात्रै उहाँहरूलाई व्यापार गर्ने ठाउँ समयकार्ड तोकेर दिन्छौँ । यसबाट उहाँहरूको समस्या समाधान हुन्छ ।
 

सुझावित समाचार