प्रदेश १ का प्रदेश सचिवहरूले प्रदेश र स्थानीय तहमा पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको बताएका छन्। बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।
प्रदेश सचिवहरूले संघीयतालाई राजनीतीकरण गर्नुपर्नेमा दलीयकरण गरेको आरोपसमेत लगाए। उनीहरूले केन्द्र सरकारको मुख ताक्दा पनि कतिपय कानुन निर्माण हुन नसकेको बताए। उनीहरूले प्रदेश आफैँमा आत्मनिर्भर भए संघीयता सफल हुने बताए। उनीहरूले प्रदेश सरकारलाई काम गर्नको लागि ५० प्रतिशत कर्मचारीको आवश्यकता परे पनि प्रदेश सरकारले कर्मचारी माग नगरेको गुनासो गरे।