पल शाहको मुद्दामा तोकियो पेसी

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण
पल शाहको मुद्दामा तोकियो पेसी

तस्बिर : नयाँ पत्रिका अर्काइभ

बालिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा पेसी तोकिएको छ। शाहविरुद्ध जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासी सुस्ता पूर्व (नवलपुर)मा जबर्जस्ती करणीसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता छन्। 

शाहका कानुनी सहयोगी अधिवक्ता कमलमोहन वाग्लेका अनुसार नवलपुर जिल्ला अदालतमा भोलि ८ भदौ र तनहुँ जिल्ला अदालतमा १५ भदौका लागि पेसी तोकिएको छ। यी दुवै अदालतले यसअघि भएको थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। त्यसपछि शाहले उच्च अदालतमा पुनरावलोकन रिट दर्ता गराए पनि आदेश आइसकेको छैन। 
 

See More On

सुझावित समाचार