सेन्ट जोसेफलाई १८–५ अन्तरले पराजित गर्दै युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुवात गरेको छ । हात्तीगौँडास्थित युरो स्कुलको कोर्टमा सोमबार महिलातर्फ मोडर्न इन्डियन स्कुल (एमआइएस)ले अक्षरालाई ९–६ तथा काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०–१६ ले हरायो ।
यस्तै, पुरुषतर्फ संस्कृतिले ड्याफोडिललाई १२–११, एमआइएसले काष्ठमण्डपलाई २७–२४, अक्षराले ड्याफोडिललाई ३०–१६, काठमाडौं वल्र्ड स्कुलले त्रिज्योतिलाई ४०–२९ र विल्सनले बाबालाई २५–१३ ले पन्छाए । १३ भदौमा समाप्त हुने प्रतियोगितामा पुरुषतर्फ १८ तथा महिलातर्फ १२ गरी ३० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।