ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यन्वयन गर्न विप्लवको माग, ७ गते नेपाल बन्दको घोषणा

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

तत्कालीन केपी शर्मा ओली सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न विप्लव समूहले आग्रह गरेको छ। सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का विशेष समिति सदस्य पुष्पबहादुर कोइरालाले सरकारले तीनबुँदे सहमति अविलम्ब कार्यन्वयन गर्न आग्रह गरे।

नेपाल कम्युनिस्ट पार्टी संखुवासभाका संयोजक तीर्थ राईका अनुसार चारवटा कम्युनिस्ट पार्टीको तर्फबाट सरकारले तीनबुँदे सहमति कार्यन्वयन नभएकाले भोलि (भदौ ७ गते) नेपाल बन्द घोषणा गरेको जानकारी दिए। उनले मुलुकको हितका लागि आन्दोलन गरिरहेकाले कम्युनिस्ट आन्दोलनलाई सहयोग गरिदिन आग्रहसमेत गरे।   

सुझावित समाचार