आइएमई पे र अनलाइन बजार दराजबीच ‘दराजवालेट डे’ नामक योजनाका लागि सम्झौता भएको छ । दराजका ग्राहकले बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा छुटको रिडिम भौचर पाउने गरी दुई पक्षबीच सम्झौता भएको हो ।
प्रयोगकर्ताले बुधबार आइएमई पे एपमार्फत भुक्तानी गरेमा १० प्रतिशत वा बढीमा तीन सय ५० रुपैयाँसम्म छुट पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरू र यसै ‘दराजवालेट डे’को पहिलो संस्करण पनि सञ्चालन भइसकेको कम्पनीले जनाएको छ । यो सम्झौताले पुरानो प्रयोगकर्ताका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।