साझा अवधारणा बनाउन शीर्ष नेताले दिए कार्यदललाई निर्देशन

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण

बालुवाटारमा गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदल र शीर्ष नेताबीच छलफल भएको छ। छलफलमा कार्यदललाई साझा अवधारणा बनाउन शीर्ष नेताले निर्देशन दिएको सरकारका प्रवक्ता तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘आज शीर्ष तहका नेताहरूलाई कार्यसम्पादन गरेको कार्यको विवरण बुझायो र यसबारेमा छलफल भएको छ। नेताहरूबाट चाँडै कार्यदललाई कार्यसम्पादन गर्न निर्देशन भएको छ। साथै साझा अवधारणा बनाउने जिम्म पनि यो कार्यदललाई प्राप्त भएको छ,’ कार्कीले भने, ‘कार्यदलको बैठक छिट्टै बस्छ। हामीले जे छलफल गरेका छौँ र जे आधारहरू तयार गरेका छौँ, त्यसको सबै विवरण नेतृत्वलाई बुझायौँ।’

सुझावित समाचार