कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्- तनहुँ– १ बाटै चुनाव लड्छु

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ– १ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। गृहजिल्ला तनहुँको दमौली आएका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्।  

नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, ‘यसबारे सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।’

सुझावित समाचार