देउवाले गरे १० केन्द्रीय सदस्य मनोनयन

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० केन्द्रीय सदस्य मनोनयन गरेका छन् । पार्टी विधानअनुसार सभापति देउवाले मंगलबार १० केन्द्रीय सदस्य मनोनयन गरेकाे पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मनोनीत केन्द्रीय सदस्यहरूमा किरण यादव (महोत्तरी),  राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन्।

सुझावित समाचार