मौसम : देशका अधिकांश भूभागमा वर्षा

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण

हाल देशका अधिकांश भूभागमा आंशिक बदली  रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली  रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली  रहनेछ । देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

See More On

सुझावित समाचार