अमेरिकी सेना आइपुग्यो काठमाडौं

नेपाली सेनासँग संयुक्त तालिम गर्ने

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण
अमेरिकी सेना आइपुग्यो काठमाडौं

फाइल तस्बिर ।

नेपाली सेना र अमेरिकी सेनाबीच एक्स ब्यालेन्स नेल नामक संयुक्त तालिम सञ्चालन हुने भएको छ । मंगलबारदेखि एक महिनासम्म चल्ने तालिममा सहभागी हुन अमेरिकी सेनाको टोली अमेरिकी जहाज लिएर सोमबार काठमाडौं आइपुगेको छ । 

०६० देखि नै दुई सेनाबीच सञ्चालन हुँदै आएको तालिमको यसपटक ३९औँ संस्करण आयोजना हुन लागेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेन्जर गण र अमेरिकी सेनाका टुकडीबीच तालिम हुन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार विज्ञप्तिमा जनाएको छ । तालिम ३१ भदौसम्म चल्नेछ । 

तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाबाट १६ जना रहनेछन् । संयुक्त तालिममा सशस्त्र द्वन्द्वका नियम, सैन्य निर्णय प्रक्रियालगायतका विषय समावेश हुनेछन् । छाउनी र नगरकोटमा तालिम सञ्चालन हुने सेनाले जनाएको छ । अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकटेलको कमान्डमा सैन्य सामग्रीसहित सोमबार आइपुगेको छ । 

सुझावित समाचार