मट्टीतेल खन्याएर श्रीमानबाट जलाइएकी प्रमिलाकाे ज्यान गयाे

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

श्रीमानबाट जलाइएकी महोत्तरीकी ३५ वर्षीया प्रमिला सदाको उपचारकाे क्रममा मृत्यु भएको छ । काठमाडाैं कीर्तिपुरमा उपचारकाे क्रममा प्रमिलाकाे ज्यान गएकाे हाे ।  

गत २१ साउनमा मध्यराति भंगहा नगरपालिका– ९ कञ्चनवनस्थित माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई श्रीमान् शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएका थिए।

धनुषाको महेन्द्रनगरस्थित एक पसलबाट ४० रुपैयाँमा किनिएको मट्टीतेलले प्रमिलाकाे शरीर ७० प्रतिशत जलेको थियो ।  खाटमा सुतेकी प्रमिलाको जिउमा आगो लागेपछि सोही आगोको लप्काले खाटमुनि सुतेकी आमा रेशमादेवी पनि जल्न पुगेकी थिइन् ।

६५ वर्षीया रेशमाको शरीरकाे १० प्रतिशत जलेको थियो । दुवै आमाछोरीको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनको गएराति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको उनको भतिजो ललित सदाले जानकारी दिए । 
 

सुझावित समाचार