पूर्ववडाध्यक्ष श्रेष्ठ मृत फेला

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

स्याङ्जाको वालिङ नगरपालिका– ९ का पूर्ववडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छन् ।   वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । 

भित्री कच्ची सडकमा ग.१६प ५४६१ नम्बरको स्कुटर बाटोछेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको प्रवक्ता खनालले बताए ।  घटनास्थलमा नुडन नामक सेतो रङको कीटनाशक विषादीको खोलिएको डिब्बा स्कुटरनजिक भेटिएको जनाइएको छ । प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए । 

शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५५ वर्षीय श्रेष्ठ ०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । 

See More On

सुझावित समाचार