एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

एम्बुलेन्सको ठक्करबाट मकवानपुरको मनहरी खरंगामा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाकी ५२ वर्षीय नमुना शेर्पा छिन् । 

मकवानपुरको मनहरी गाउँपालिका– ९ खरंगास्थित छोरीको घर आएकी नमुनालाई हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना. २च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । 

घटनालगत्तै चालक फरार भएका छन् । पूर्व–पश्चिम राजमार्ग राजमार्गस्थित खरंगाखण्ड स्थानीयले अवरोध गरेका छन् । यातायात सुचारु गराउन जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मनहरीबाट २५ सुरक्षाकर्मी परिचालित भएका छन् । 

सुझावित समाचार