प्रचण्डले भने – नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ हुनु हुँदैनथ्याे

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्डले संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिबाट ढिलाइ हुन नहुने बताएका छन् । पाँँचदिने जापान प्रमण सकेर आज स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा यस्तो बताएका हुन् ।

 ‘जनताका प्रतिनिधिहरूले संसदबाट पास गरिसकेको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गर्न हुँदैनथ्यो । जे होस्, प्रमाणीकरण गर्नुहुनेछ भन्ने विश्वास छ ।’ 

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि नागरिकता विधेयक प्रमाणीकरण लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । तत्कालै जारी नभएकाले फिर्ता पठाउन खोजेको चर्चासमेत हुने गरेको छ । त्यसो त राष्ट्रपतिलाई भेटेर विभिन्न व्यक्ति र समूहले विधेयक प्रमाणीकरण नगर्न सुझाब दिँदै आएका छन् । 

सुझावित समाचार