विद्यार्थीले प्राप्त गर्ने शिक्षाले नै भोलिको समाज निर्माण गर्छ भन्ने मान्यता तथा विद्यार्थीलाई यसका लागि योग्य बनाउनुपर्ने चुनौतीलाई स्विकार्दै ०५७ सालमा स्थापना भएको रेडन कलेज विभिन्न संकायको शिक्षा प्रदान गर्नमा लागिरहेको छ । स्थापनाको २० वर्षको अवधिमा यस कलेजले डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, व्यवस्थापक साथै सरकारी सेवामा दक्ष सयौँ जनशक्ति उत्पादन गरिसकेको छ ।
आफूले उत्पादन गरेको जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समग्र आफ्नो पहिचानसहित कार्यरत रहेको कलेजको दाबी छ । यस कलेजले हाल कक्षा ११ र कक्षा १२ मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायमा अध्ययन–अध्यापन गराउँदै आएको जनाएको छ । दक्ष, अनुभवी र प्रतिबद्ध अध्यापकहरूद्वारा आफ्नै सुविधासम्पन्न भवनमा शिक्षण गराउनु कलेजको विशेषता रहेको जनाइएको छ ।
कलेजले एसइईमा उत्कृष्ट अंक ल्याउनेलाई मेरिट अवार्ड, प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई रेडन अवार्ड, अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षाका उत्कृष्टहरूलाई एबिलिटी अवार्ड तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई सीमान्तकृत छात्रवृत्तिको व्यवस्था गरेको जनाइएको छ ।