दिक्तेलस्थित माटीकोरे मैदानमा सम्पन्न ‘प्रथम अन्तरसंस्था कप फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लबले उचालेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको प्रतियोगितामा आयोजक केएफएलाई १–० ले हराउँदै नेर्पाले प्रथम उपाधि उचालेको हो ।
प्रतियोगिताको पहिलो हाफको ३०औँ मिनेटमा नेर्पाका खेलाडी युवराज राईले गरेको गोल नै निर्णायक बन्यो । जिल्लाका २२ संस्थाले सहभागिता जनाएको प्रतियोगितामा साकेला गाउँपालिका तेस्रो भयो ।
विजयी खेलाडीलाई साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई र जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले संयुक्त रूपमा नगद पुरस्कार तथा ट्रफी प्रदान गरे ।
उत्कृष्ट खेलाडीमा नेर्पाका युवराज राई, उत्कृष्ट गोलरक्षकमा केएफएका सुरेश राई, सर्वाधिक गोलकर्तामा जिल्ला फुटबल संघका सोनित राई, उत्कृष्ट प्रशिक्षकमा नेर्पाका सरोज गुरुङ, उत्कृष्ट मिडफिल्डरमा नेर्पाका अविरल राई र उत्कृष्ट डिफेन्डरमा केएफएका भीषण राई घोषित भए ।
प्रतियोगिताको प्रथम पुरस्कार मनोज स्मृति प्रतिष्ठान दिक्तेलले प्रायोजन गरेको आयोजक संस्था केएफएका अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिए ।
नेर्पा स्पोर्टसलाई उपाधि
सुझावित समाचार
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्टराष्ट्र पाकिस्तान टी– २० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन्। …
वेस्ट इन्डिजका सेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
काठमाडाैं । वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम र…
डेभिड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे
काठमाडौं । कर्णाली याक्स स्पोर्टस् प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्वचर्चित क्रिकेटर डेभिड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्…
एनपिएलको तेस्रो सिजनमा विश्वका स्टार खेलाडीको जमघट हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिँदै गर्दा टिमहरूले विश्वका एकपछि अर्का चर्चित खेलाडीलाई अनुबन्ध गरिरहेका छ…
विश्वचर्चित दक्षिण अफ्रिकी क्रिकेटर डेबिड मिलरले कर्णाली याक्सबाट खेल्ने
काठमाडौं । कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेबिड मिलरलाई अनुबन्ध गरेको छ । शुक्रबार क्लबले तेस्रो नेपाल प्रिमियर ल…
कर्णाली याक्सबाट खेल्न पाकिस्तानका हुसैन तलात नेपाल आइपुगे
काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्टराष्ट्र पाकिस्तानका हुसैन तलात नेपाल आइपुगेका छन् । शुक्रबार उनी तेस्रो नेपाल प्रि…