नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

शनिबार, २१ साउन, २०७९
डिजिटल संस्करण

कैलालीको टीकापुर नगरपालिका– १ स्थित जमरा कुलोमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ। एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। 

नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । रासस

See More On

सुझावित समाचार