प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

सरकारले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारमा भूराजनीतिक एवं जलस्रोतविज्ञ अरुणकुमार सुवेदीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई परराष्ट्र सल्लाहकार नियुक्त गरेको हो। 

सुवेदीले शुक्रबार कार्यभार सम्हाल्नेछन्। सुवेदीले यसअघि अनौपचारिक रूपमा प्रधानमन्त्री देउवालाई परराष्ट्र मामिलामा सल्लाह दिँदै आएका थिए। ‘मलाई सरकारले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको औपचारिक जानकारी पाएको छु। शुक्रबार कार्यभार सम्हाल्नेछु,’ सुवेदीले नयाँ पत्रिकासँग भने । 
 

सुझावित समाचार