बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेकाे मन्त्रिपरिषद्को सो बैठकले सचिवहरूको पनि सरुवा गरेको हो ।
एकजना मन्त्रीले दिएको जानकारीअनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा अर्थ मन्त्रालयका राजस्वसचिव कृष्णहरि पुष्करलाई अर्काे व्यवस्था नभएसम्म अर्थसचिवकाे समेत जिम्मेवारी दिइएको ती मन्त्रीले जानकारी दिए ।
सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा, राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
बिहीबारै सचिवमा बढुवा गरिएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुखसचिवमा पदस्थापन गरिएको छ । त्यहाँ रहेका डिल्ली शर्मालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।
निर्वाचन घोषणाकै दिन सचिवहरूको सरुवा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
साइबर ब्युरोले भन्यो– पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको होइन
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगरेको जनाएको छ। श्रेष्ठलाई छलफलका लागि बोल…
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वभरका नेपाली समुदायलाई बडादसैँको शुभकामना दिएका छन्। शनिबार शुभकामना सन्दे…
नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा नुवाकोटमा २६७ मिटर लामो झोलुंगे पुल निर्माण, दैनिक हजारौँ लाभान्वित
नुवाकोट । नुवाकोटको ढुंगेबजारदेखि महत्त्वपूर्ण व्यापारिक केन्द्र त्रिशूलीबजार जोड्ने झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ।…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
अब सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार नि…
दशरथ चन्द विश्वविद्यालयमा चिकित्सा शिक्षा पठनपाठनको बाटो खुल्यो
एमबीबीएसमा ५०, नर्सिङमा २० तथा एमएलटी र बी अप्टोमेट्रीमा १०/१० सिट
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकार गठनको कसरत
जनकपुरधाम । मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ समीकरणको सम्भावना बढेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसा…