बाढीपहिरो र चट्याङबाट साढे तीन महिनामा ८८ जनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाखदेखि १८ साउनसम्म ८८ जनाको ज्यान गएको हो ।
प्राधिकरणका अनुसार यो अवधिमा विपतका एक हजार २७७ घटना भएका थिए । तीमध्ये बाढीपहिरो र चट्याङका मात्र तीन सय २० घटना थिए ।
साढे तीन महिनामा चट्याङका एक सय ६३ घटना रेकर्ड भएको छ । ती घटनामा परी ५५ जनाले ज्यान गुमाएका छन् भने दुई सय ३९ परिवार प्रभावित भएका छन् । चट्याङबाट २८ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।
यस्तै, १ वैशाखदेखि १८ साउनसम्ममा पहिरोका एक सय ३० घटना भएका छन् । ती घटनामा परेर २७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । बाढीपहिरोमा परेका २८ जना अझै फेला परेका छैनन् । ती घटनामा एक सय ३२ परिवार प्रभावित भएको र पाँच करोड १७ लाख रुपैयाँबराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।
साढे तीन महिनामा बाढीपहिरो र चट्याङबाट ८८ को मृत्यु, २८ जना अझै बेपत्ता
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
परीक्षाविनै जापान बस्नेलाई डोजरको लाइसेन्स, यातायातका हाकिम र प्रहरीसहित सातविरुद्ध मुद्दा
काठमाडौं । लिखित र ट्रायलविनै जापानमा रहेका व्यक्तिलाई सवारी लाइसेन्स दिएको आरोपमा अख्तियारले यातायात व्यवस्था कार्यालय सवारीचा…
श्रमिकलाई अनिवार्य ‘चाडपर्व खर्च’ उपलब्ध गराउन रोजगारदातालाई निर्देशन
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठा…
भोटेकोशी बाढी क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण : २३ सय परिवार विस्थापित, ८५ पुल ध्वस्त
तीन सय उद्योगमा दुई अर्ब ७१ करोडको क्षति, १७ सय श्रमिकको रोजगारी गुम्यो
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले दिए राजीनामा
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को …
चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन
काठमाडौं । नेपाल प्रहरीले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना&nda…
बागमतीको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः नियमित, क्यान्सर र मुटुरोगमा थप ५० हजार सहुलियत
मकवानपुर । करिब तीन महिनादेखि रोकिएको बागमती प्रदेशको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गतको उपचार सहुलियत …